उत्कृष्ट बलिङ गर्दै नेपाल, अफगानिस्तानले गुमायो पाचौँ विकेट

शुक्रबार, १२ माघ, २०८०
डिजिटल संस्करण

आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरिरहेको छ। ९.१ ओभरको खेल सकिँदा नेपालले अफगानिस्तानको पाँच विकेट लिएको छ।

नेपालको पाचौँ सफलतामा आकाश चन्द एक्लैले चार विकेट लिएका छन् भने गुल्सन झाले एक विकेट लिएका छन्। ताजा अवस्थामा १० ओभरको खेल सकिँदा पाँच विकेट गुमाइसकेको अफगानिस्तानले ३५ रन मात्रै जोड्न सकेको छ।

सुझावित समाचार