आइसिसी यू–१९ विश्वकप
आइसिसी यू–१९ विश्वकपको दोस्रो खेलमा नेपालले दिएको एक सय ९८ रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानले पाँचौँ विकेट गुमाएको छ ।
पाकिस्तानको विकेट लिन संघर्ष गरिरहेका वेला दीपेश कँडेलले आफ्नो पहिलो तथा नेपालका लागि पाँचौँ सफलता दिलाए । उनले ३७ बलमा २९ रन बनाएका अहमद असनलाई विपिन रावलको हातबाट स्टम्पिङ गराए ।
निकै महत्त्पूर्ण समयमा नेपालले विकेट लिन सफल भएको हो । खेलमा फर्कन नेपालले अब लगातार विकेट लिनुपर्ने अवस्था छ । एक सय ९८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४३ ओभरमा पाँच विकेट गुमाएर एक सय ७६ रन बनाइसकेको छ । म्याच जित्न अब उसलाई ४२ बलमा जम्मा २२ रन आवश्यक छ ।