राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पाैडेलले २२ माघका लागि अधिवेशन आह्वान गरेका हुन्।
मंगलबारको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ९३ को उपधारा (१) अनुसार राष्ट्रपतिसमक्ष अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो। यस आधारमा बैठक माघ २२ गते सोमबार दिउँसो ४ बजे संसद्को बैठक बस्नेछ।
