ललितपुर नापीका सर्वेक्षक र लेखापढी व्यवसायी घुससहित पक्राउ

बुधबार, १० माघ, २०८०
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई पक्राउ गरेको छ। 

 जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनीसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई मंगलबार कार्यालयपरिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।  

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले तीनैजनालाई दुई लाख ५० हजार घुससहित पक्राउ गरिएको पुष्टि गर्दै उनीहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए। 

सुझावित समाचार