सरकारले संघीय संसद्का दुवै सदनको अधिवेशन यही माघ २२ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते दिनको ४ बजे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेलाई अधिवेशन आह्वानको तयारीबारे टेलफोनमार्फत जानकारी गराएका थिए।