नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ।
आज नेप्से परिसूचक ०.४० अंकले घटेर दुई हजार ९८.२९ को विन्दुमा कायम भएको हो। यो सातामा कारोबारको तगातार तेस्रो दिन नेप्से घटेको हो।
आज तीन सय १० कम्पनीको एक करोड १८ लाख एक हजार तीन सय ६० कित्ता सेयर एक लाख १७ हजार पाँच सय ७७ पटक खरिद–बिक्री हुँदा रु. चार अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१ बराबरको कारोबार भएको छ।
विकास बैंक समूहको उपसूचक ०.०७, वित्त समूह ०.२८, होटेल तथा पर्यटन समूह ४.७४, लगानी समूह ०.३६, निर्जीवन बिमा समूह ०.७३ र अन्य समूह ०.५६ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ।
बैंकिङ समूह ०.४२, जलविद्युत् ०.५८, जीवन बिमा समूह ०.६६, उत्पादन तथा प्रशोधन समूह ०.२३, लघुवित्त समूह ०.१३, म्युचुअल फन्ड ०.२१ र व्यापार समूह ०.८६ प्रतिशतले घटेको छ।
चन्द्रागिरि हिल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा ६.२० प्रतिशतको गिरावट देखिएको छ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको लिमिटेडको रु. ५५ करोड नौ लाख ८० हजार सात सय ८५ बराबरको आठ लाख ४१ हजार २२ कित्ता सेयर किनबेच भएको छ। रासस