सुवास र युनिसालाई स्वर्ण

मंगलबार, ९ माघ, २०८०
डिजिटल संस्करण

लालीगुराँस नेसनल एकेडेमीका सुवास रावत र हिमरश्मिकी युनिसा पाठकले सातौँ ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको चार सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन् । सुवास पुरुष तथा युनिसा महिलामा पहिलो भएका हुन् ।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स)द्वारा आयोजित प्रतियोगितामा सुवासले निर्धारित दूरी एक मिनेट ०१.५७ सेकेन्डमा पूरा गरे । युनिसाले एक मिनेट १६.०९ सेकेन्ड समय निकालिन् । दशरथ रंगशालामा भएको दुई सय मिटर दौडको पुरुषमा लालीगुराँसका सुदीप पाण्डे २६.०६ सेकेन्डका साथ पहिलो भए ।

महिलामा हिमरश्मिकी ममता बरालले स्वर्ण जितिन् । ममताले निर्धारित दूरी तय गर्न ३२.३६ सेकेन्ड समय खर्चिन् । पुरुष त्रिजम्पमा लालीगुराँसका दीपेन्द्र गिरी पहिलो भए । उनले ११.१७ मिटर जम्प गरे । सोही स्पर्धाको महिलामा ७.६४ मिटर जम्प गरेकी सिर्जना ज्ञानसागरकी ग्रिष्मा देवकोटा शीर्ष स्थानमा रहिन् । 

See More On

सुझावित समाचार