करिब ६ महिनाअघि डिजाइन सच्याएर निर्माण सुरु गरिएको ग्वार्कोको फ्लाइओभरको काम अहिले धमाधम भइरहेको छ। निर्माण सुरु भएको झन्डै एक वर्षपछि डिजाइनमा समस्या रहेको भन्दै काम रोकिएको भए पनि त्यसपछि भने काम तीव्रताका साथ अघि बढिरहेको छ।
.jpg'_'.2024-01-19.jpg)
गत वर्ष माघबाट निर्माण सुरु हुने भनिएको भए पनि डिजाइन स्वीकृतमा ढिलाइ हुँदा फागुनबाट निर्माण कार्य सुरु भएको थियो। निर्माण कम्पनीले पेस गरेको डिजाइन केही करेक्सन गरेर विभागले माघमा स्वीकृत गरेर निर्माण कार्य सुरु गरेको थियो।
अहिले मेन चोकमा पिलर उठाउने काम भइरहेको छ। निर्माणको जिम्मा पाएको आरसी, समानान्तर र रेलिग्रेले फ्लाइओभरको लागि बी एन्ड बी अस्पतालबाट बालकुमारीसम्म र्याम उठाएर फ्लाइओभर निर्माण गर्ने योजनामा छ।
.jpg'_'.2024-01-19.jpg)
एमएसी वालको प्रयोग गरी ६ मिटरको पिल्लर निर्माण गरेर उचाइको फ्लाइओभर तयार गर्ने योजना छ। फ्लाइओभरको लम्बाइ कुल चार सय ९० मिटर हुनेछ भने केन्द्रले इपिसी मोडेलमा ठेक्का लगाएको हो।
फ्लाइओभर बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो र्याम र सातोबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको र्याम निर्माण गरिँदै छ भने यसको उचाइ ६ मिटरको हुनेछ। हाल रिङरोडमा रहेको आठ लेनमध्ये चार लेनलाई उठाएर रिङरोडमा फ्लाइओभर निर्माण गरी रिङरोडको जाम हटाउन यसले सहयोग पुर्याउनेछ।
.jpg'_'.2024-01-19.jpg)
जसअनुसार सो फ्लाइओभरले कलंकी–कोटेश्वर सडकखण्डको सवारी फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनको सवारी ओभरपासको सडकखण्डबाट गुड्नेछन्। कुल १७ करोड ६८ लाख रुपैयाँ लागत छ।
.jpg'_'.2024-01-19.jpg)
.jpg'_'.2024-01-19.jpg)
.jpg'_'.2024-01-19.jpg)
.jpg'_'.2024-01-19.jpg)
.jpg'_'.2024-01-19.jpg)
.jpg'_'.2024-01-19.jpg)
.jpg'_'.2024-01-19.jpg)
.jpg'_'.2024-01-19.jpg)
.jpg'_'.2024-01-19.jpg)