प्रदेशमा समायोजन हुने प्रहरीलाई पाँच ग्रेड थपको प्रस्ताव

बिहिबार, ४ माघ, २०८०
डिजिटल संस्करण

प्रदेशमा समायोजनमा जाने प्रहरीलाई पाँच ग्रेड थपको प्रोत्साहन दिन प्रहरी प्रधान कार्यालयले प्रस्ताव गरेको छ । प्रहरी समायोजन ऐनमा दुई ग्रेड थप गर्ने प्रावधान छ । 

‘दुई ग्रेड थपले सिनियर अफिसर प्रदेशमा जाने सम्भावना न्यून हुन्छ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘त्यसकारण कम्तीमा पाँच ग्रेड थप गर्नुपर्छ भनेर गृहमा कुरा राखेका छौँ ।’ निजामती कर्मचारीलाई प्रदेशमा समायोजन गर्न एक तह मात्रै थप गरिएको थियो । प्रहरी महानिरीक्षक कुँवरले न्यूनतम पाँच ग्रेड थपेर मात्र समायोजन गर्नुपर्ने प्रस्ताव गरेका छन् । 

समायोजनमा जान तल्लो तहका प्रहरी इच्छुक देखिए पनि अधिकृत तहका भने समायोजनको विपक्षमा छन् । प्रदेशमा गएपछि राजनीतिक हस्तक्षेप झन् बढ्न सक्ने र आफूहरूको करिअरसमेत प्रभावित हुने उनीहरूको चिन्ता छ । हालसम्म प्रदेशमा जाने प्रहरीको वृत्तिविकासको कानुन बनिसकेको  छैन । 

See More On

सुझावित समाचार