बुधबार सेयर बजार २२ सय विन्दुमा पुगेर पुनः ओर्लिएको छ। दिउँसो करिब १ बजे २२१५ विन्दुमा पुगेको सेयर पुनः ओर्लिएर १२.१० अंकले घट्दै २१६३ विन्दुमा झरेको छ।
आज तीन करोड ३५ लाख कित्ता सेयर किनबेच हुँदा नाै अर्ब ७६ करोड ८९ लाखबराबरको कारोबार भएको छ।
आज ग्लोबल आइएमई लघुवित्त, नेपाल वेयरहाउजिङ र हिमालयन रिइन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ भने इस्टर्न हाइड्रो, भूगोल इनर्जी, मुक्तिनाथ कृषि कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स हिमालयनकाे कारोबार भएको छ। यस्तै, धेरै कारोबार गर्नेमा क्रमशः ङादी ग्रुप, सोनापुर सिमेन्ट, मुक्तिनाथ कृषि कम्पनी र निफ्रा अगाडि छन्।