डोटीमा जंगली बँदेलको आक्रमणबाट एकको मृत्यु, एक घाइते

मंगलबार, २ माघ, २०८०
डिजिटल संस्करण
डोटीमा जंगली बँदेलको आक्रमणबाट एकको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्बिर

डोटीमा जंगली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। केआइसिंह गाउँपालिका– १ की ३५ वर्षीया जगुलीदेवी भुलको जंगली बँदेलको आक्रमणबाट मंगलबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।

मंगलबार बिहान घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुलीसहित सोही ठाउँका ७२ वर्षीया भगी भुल घाइते भएका थिए। भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको जनाइएको छ।

See More On

सुझावित समाचार