गरिमा विकास बैंकको १०% लाभांश पारित

मंगलबार, २ माघ, २०८०
डिजिटल संस्करण

गरिमा विकास बैंकले १० प्रतिशत लाभांश दिने भएको छ । बैंकको १७औँ साधारणसभाले सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको हो ।

त्यस्तै, विकास बैंकको अधिकृत पुँजी वृद्धि गरी पाँच अर्ब ७० करोड बनाउने, आव ०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्नेलगायतका प्रस्ताव पनि सभाले पारित गरेको छ । 

हाल पाँच अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ चुक्ता पुँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनस सेयर वितरणपश्चात् चुक्ता पुँजी पाँच अर्ब ६८ करोड पाँच लाख १७ हजार तीन सय २७ रुपैयाँ पुगेको छ । साधारणसभाका लागि ०८० पुस १७ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा ०८० पुस १६ गतेसम्म कायम विकास बैंकका सेयरधनीले साधारणसभाबाट पारित बोनस सेयर प्राप्त गर्नेछन् ।

सुझावित समाचार