काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सञ्चारमाध्यमसँग टाढै बस्न रुचाउँछन् । मिडिया तथा सार्वजनिक कार्यक्रममा धेरै समय दिँदा त्यसको असर आफ्नो काममा पर्ने उनको भनाइ छ ।
बालेनका सल्लाहकार कुमार व्यञ्जनकारका अनुसार मेयर साह हरेक दिन बिहान पत्रपत्रिका पढ्छन् । सामाजिक सञ्जाल हेर्छन् । महानगरसँग सम्बन्धित समाचार तथा सूचनालाई टिपोटसमेत गर्छन् ।
‘मेयरसाप हरेक दिन बिहान पत्रपत्रिका हेर्नुहुन्छ, महानगरसँग सम्बन्धित समाचारलाई बढी चासो दिनुहुन्छ,’ उनले भने, ‘एउटा सञ्चारमाध्यमलाई समय दियो भने अन्य सञ्चारमाध्यमलाई पनि समय दिनुपर्ने भएकाले उहाँले आफ्ना कुरा सामाजिक सञ्जालमा राख्नुहुन्छ । विदेशी तथा स्वदेशी ठूला मिडियामा बोल्ने इच्छा उहाँलाई छैन ।’