माघे संक्रान्तिको अवसरमा नुवाकोटको वेत्रावतीलगायत विभिन्न स्थानमा गोरु जुधाइएको छ। हरेक वर्ष नुवाकोटमा माघे संक्रान्तिमा गोरु जुधाउने गरिन्छ।
विदुर नगरपालिका– १० वेत्रावतीमा यस वर्ष नौ हल गोरु जुधाइएको छ। नुवाकोट र रसुवाको सीमास्थल ऐतिहासिक वेत्रावती भएको स्थलमा फलाँखु खोला किनारमा गोरुजुधाइ हेर्नका लागि हजारौँ दर्शक ओइरिएका थिए।
गोरुजुधाइमा जित्ने गोरुधनीलाई १५ हजार र हार्नेलाई १० हजार नगदसहित पुरस्कार प्रदान गरिएको आयोजक गोसाइँकुण्ड युवा क्लबका गोरुजुधाइ मेला व्यवस्थापन समितिका संयोजक सुरज लवटले जानकारी दिए। गोरु नजुधेर बराबरी भएका वा लामो समय जुधेर गोरुधनीले छुट्याएमा पनि बराबर मानेर पाँच–पाँच हजार नगद प्रदान गरिएको आयोजकले जनाएको छ।
जिल्लाको विभिन्न स्थानमा छरिएर माघे संक्रान्तिमा किसानहरूले गोरु जुधाउने परम्परा धेरै लामो भए पनि २०६२ सालबाट तारुकाले व्यवस्थित गरी एउटै पाटोमा गोरुजुधाइ मेला सञ्चालन गरेको थियो। उक्त मेलामा दर्शकको ओइरो लागेपछि त्यसयता निरन्तर रूपमा मेला सञ्चालन हुँदै आएको तारकेश्वर गाउँपालिका– २ का वडाध्यक्ष शिवप्रसाद पनेरूले जानकारी दिए।
तारुकाको गोरुजुधाइ मेलाको सफलतापछि २०६७ सालबाट वेत्रावतीमा पनि व्यवस्थित रूपमा गोरु जुधाउन थालिएको हो। पछिल्लो केही वर्षदेखि पञ्चकन्यालगायत विभिन्न स्थानमा माघे संक्रान्तिमा गोरु जुधाउन थालिएको छ।
हेर्नुहोस् वेत्रावतीको गोरुजुधाइका केही तस्बिरहरू :
.jpg'_'.2024-01-15.jpg)
.jpg'_'.2024-01-15.jpg)
.jpg'_'.2024-01-15.jpg)
.jpg'_'.2024-01-15.jpg)
.jpg'_'.2024-01-15.jpg)