जापानको सानदार जित

सोमबार, १ माघ, २०८०
डिजिटल संस्करण

सानदार कमब्याक गर्दै उपाधि दाबेदार जापानले एएफसी एसिया कपमा विजयी सुरुवात गरेको छ । आइतबार कतारको अल थुमाम रंगशालामा जापानले भियतनाममाथि ४–२ को जित निकालेको हो । जापानको जितमा ताकुमी मिनामिनोले दुई तथा केइटो नाकामुरा र आयसे युडाले समान एक गोल गरेका हुन् । भियतनामका एनगुएन बाच र फम हाईले समान एक गोल फर्काए । जितसँगै समूह ‘डी’मा जापानले ३ अंक जोडेको छ । 

मिनामिनोको दुई गोल
जापानले पहिलो हाफमै २–१ ले पछि परेको स्थितिमा कमब्याक गर्दै विजयी सुरुवात गरेको छ । मिनामिनोको दुई गोल गरे । खेलको ११औँ मिनेटमा मिनामिनोको गोलमार्फत जापानले अग्रता लिएको थियो । जापानको अग्रता ६ मिनेट मात्रै टिक्यो । पाँच मिनेटपछि नै बाचले भियतनामलाई बराबरीमा ल्याए । खेलको ३३औँ मिनेटमा पामले गोल गर्दा भियतनाम २–१ ले अघि रह्यो । 

४५औँ मिनेटमा मिनामिनोले व्यक्तिगत दोस्रो गोल गर्दा जापान २–२ को बराबरीमा आयो । इन्डोको पासमा मिनामिनोले सहजै गोल गरे । पहिलो हाफमा थपिएको चार मिनेटको इन्जुरी समयमा नाकामुराले जापानलाई ३–२ ले अगाडि बढाएका हुन् । ८५औँ मिनेटमा युडाले गोल गर्दै जापानलाई सहज जित दिलाए । 

See More On

सुझावित समाचार