सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनी सिबिआइएल सेक्युरिटिज लिमिटेडको प्रथम वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
कार्यालयपरिसर कुपन्डोलमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षतामा प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको हो।
सो साधारणसभाबाट कम्पनीको आर्थिक वर्ष ०७५/७६ देखि आर्थिक वर्ष ०७९/८० सम्मको वासलात, नाफा नोक्सान हिसाबलगायत अन्य वित्तीय विवरण स्वीकृत भएको छ।
साथै, कम्पनीको सञ्चालक समितिमा चारजना सञ्चालक रामधन श्रेष्ठ, सप्तमान बज्राचार्य, सिजु शाक्य, र सृजेश ज्ञवाली निर्विरोध निर्वाचित भएका छन्।
नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सिबिआइएल सेक्युरिटिजले ग्राहकलाई धितोपत्र कारोबार सेवा दिँदै आएको छ।