एनएमबी बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा बिहीबार सम्पन्नभएको छ।
राष्ट्रिय सभागृहमा आयोजित २८औँ वार्षिक साधारणसभामा बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा सम्पन्न भएको हो।
सो साधारणसभामा बैंकका सेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरे। उक्त साधारणसभामा पूर्वघोषित कार्यक्रम बमोजिम संस्थापक शेयरधनीका तर्फबाट मनोजकुमार गोयल र जीवनकुमार कट्वाल निर्वाचित भएका छन्।
यसैगरी, सर्वसाधारण सेयरधनीहरुको समूहबाट उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदीनिर्वाचित भएको बैंकले जनाएको छ। बैंकका अनुसार एफएमओका तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाइएको छ। निर्वाचित सञ्चालकसमेतको सोही मितिमा बसेको बैठकले मनोजकुमार गोयललाई अध्यक्षमा चयन गरेको छ।
बैंकले गत असारसम्मको खुद नाफा रु.तीन अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको जनाएको छ।