माघ ११ देखि मण्डलामा ‘मासिन्या’

शुक्रबार, २७ पुष, २०८०
डिजिटल संस्करण

बुद्धि तामाङ र सोनाम लामाको निर्देशन तथा परिकल्पना रहेको नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ। थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटक  मञ्चन हुन लागेको हो।

नाटकको कथालाई राबत, राजु स्याङ्तान र लक्ष्मी रुम्बाले लेखेका हुन्।  ‘मासिन्या’मा तामाङ समुदायले भोगेको पीडा र संघर्षको कथा समेटिएको छ।

नाटकले तामाङ समुदायको मुद्दालाई उठान गरेको निर्देशक बुद्धि तामाङले बताए। उनका अनुसार तामाङको पीडादायी कथासँगै नाटकमा तामाङ जीवनको लय, सौन्दर्य, डम्फू संस्कृति र परिवेशलाई चित्रण गरिएको छ।

नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न सघाउ मिल्ने नाटक समूहको विश्वास छ।

अहिले बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको हलमा नाटकको पूर्वअभ्यास जारी छ। नाटकमा सुनील तामाङ, रविन दोङ, रमिला मोक्तानलगायतका कलाकारको अभिनय रहेको छ।

सुझावित समाचार