फेडेरल रिइन्स्योरेन्स र मल्पी कलेजबीच सम्झौता

शुक्रबार, २७ पुष, २०८०
डिजिटल संस्करण

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र मल्पी इन्टरनेसनल कलेजबीच शैक्षिक सिकाइ र उद्योग अनुभवबीचको अन्तरलाई कम गर्न दीर्घकालीन रणनीतिक विकास गर्न सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता फेडेरल रिइन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारी र कम्पनी सचिव अल्पना शर्मा तथा कलेजका प्रिन्सिपल दीपक अधिकारी र विद्यार्थी संलग्नता अधिकृत प्राप्ति विसी शर्माबीच भएको कम्पनीले जनाएको छ ।  

सम्झौताले बिमा क्षेत्रमा भएको क्षमता अभावको अन्तरलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । यो सहकार्यमार्फत फेडेरलले मल्पीका विद्यार्थीलाई विशेषज्ञ प्रशिक्षण, इन्टर्नसिपका अवसरहरू तथा आवश्यकताअनुसार भविष्यमा रोजगारीका अवसरहरू प्रदान गर्न मद्दत गर्नेछ ।

साथै, फेडेरल रिइन्स्योरेन्सका कर्मचारीलाई सम्मेलन, कार्यशाला र कलेजद्वारा आयोजित अन्य कार्यक्रममा भाग लिएर नेटवर्किङ बढाउने अवसर प्राप्त गर्न मद्दत गर्ने बताइएको छ । 

सुझावित समाचार