खेलकुद प्रचुर सम्भावना बाेकेकाे क्षेत्र : प्रधानमन्त्री

शुक्रबार, २७ पुष, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सम्भावनाका धेरै क्षेत्रहरू भएको र त्यसमा पनि खेलकुद प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित नेपाल बादोरियो कराँते डो संघद्वारा आयोजित ‘चौथो राष्ट्रिय बादोरियो खुला कराँते प्रतियोगिता २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। 

सम्बोधनका क्रममा प्रधानमन्त्रीले भर्खरै सम्पन्न दक्षिण एसियाली कराँते च्याम्पियनसिप, बंगलादेशमा सम्पन्न पाँचौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिप, १९औँ संस्करणको एसियन खेलकुद प्रतियोगिता (एसियाड)लगायत विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीहरूले राम्रो नतिजा निकालेको भन्दै खेलकुदमा राम्रो सम्भावना भएको बताएकाे बताए।

प्रधानमन्त्रीले भने, ‘मैले भन्दै आएको छु– नेपाल अपार सम्भावनाले भरिपूर्ण देश हो। देशको विकास र प्रगतिका निम्ति हामीसँग प्रशस्त सम्भावनाहरू छन्। तर, त्यसमध्ये पनि राम्रो सम्भावना बोकेको क्षेत्र खेलकुद नै हो। पछिल्लो दशक खेलको क्षेत्रमा नेपालले गरेको प्रगतिले पनि यो यथार्थलाई पुष्टि गर्दछ। त्यसैले पनि मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु।’

उनले भने, ‘बादोरियोले भर्खरै सम्पन्न दक्षिण एसियाली कराँते च्याम्पियनसिप, बंगलादेशमा सम्पन्न पाँचौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिप, १९औँ संस्करणको एसियन खेलकुद प्रतियोगिता (एसियाड)लगायत विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीले राम्रो नतिजा हात पारेका छन्, महत्वपूर्ण पदकहरू जितेका छन्। त्यसैगरी नेपालले नाैपटक अन्तर्राष्ट्रिय प्रतियोगिताको सफल आयोजना गरिसकेको छ। यो हाम्रा निम्ति खुसी र गौरवको विषय पनि हो।’

सुझावित समाचार