सर्लाही जिल्ला अदालत परिसरमा सुरक्षा व्यवस्था कडा

बिहिबार, २६ पुष, २०८०
डिजिटल संस्करण

नाबालिका बलात्कार, अनुयायी हत्या तथा बेपत्तालगायतका विभिन्न आपराधिक गतिविधि गरेको अभियोगमा पक्राउ परेका रामबहादुर (रामलाल) बम्जन काठमाडौंबाट सर्लाही ल्याइएका छन् । 

मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– ६, स्थित निवासबाट पक्राउ परेका बम्जनलाई अहिले जिल्ला अदालत सर्लाहीमा बयान लिइँदै छ । 

अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बम्जनका अनुयायीहरूको उपस्थिति र सम्भावित जोखिमलाई मूल्यांकन गरेर सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए । 

जिल्ला अदालतमा अहिले बम्जनको बयान चलिरहेको छ । जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासमा बयान चलिरहेको हो । आजै दिउँसो थुनछेक बहस हुने जिल्ला अदालत सर्लाहीले जनाएको छ । 

सुझावित समाचार