नेप्से २१ विन्दुनजिक, पाँच अर्ब १३ करोडकाे काराेबार

बुधबार, २५ पुष, २०८०
डिजिटल संस्करण

पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले आज पनि निरन्तरता पाएको छ। आज नेप्से परिसूचक ९.५० अंकले बढेर दुई हजार ८९.६२ को विन्दुमा कायम भएको हो।

आज तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार नौ सय ४६ कित्ता सेयर ९२ हजार ६ सय दुईपटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ बराबरको कारोबार भएको छ।

आज विकास बैंक समूह ०.४४, वित्त ०.१०, होटेल तथा पर्यटन समूह ०.८४ र जलविद्युत् समूह ०.५० प्रतिशतले घटेको छ। 

बैंकिङ र उत्पादन तथा प्रशोधन समूह समान १.१२, लघुवित्त समूह १.०२, म्युचुअल फन्ड समूह ०.०३, व्यापार समूह ०.०१ र अन्य समूह २.२१ प्रतिशतले बढेको छ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा ५.९५ प्रतिशतको गिरावट देखिएको छ।

कारोबार रकम र सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु. ३२ करोड ७८ लाख ९१ हजार ६ सय १३ बराबरको ६ लाख ३४ हजार पाँच सय ९३ कित्ता सेयर कारोबार भएको छ। रासस 

सुझावित समाचार