तनहुँको भिमाद नगरपालिका– ५ र ३ को सिमाना सुनाकोटमा आज भएको जिप दुर्घटनामा मृतकको संख्या दुई पुगेको छ।
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग.१ज ६३५६ नम्बरको जिप दुर्घटना हुँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका– २ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको हो।
सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको जिपमा सवार दुवैजनालाई घाइते अवस्थामा उपचारका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा दशजना घाइते भएका छन्।