सांग्रिला डेभलपमेन्ट र गण्डकी मेडिकल कलेजबीच सम्झौता

मंगलबार, २४ पुष, २०८०
डिजिटल संस्करण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीलाई विभिन्न किसिमका स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ ।

सम्झौतामा बैंकका पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. रवीन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार गण्डकी मेडिकल कलेजले बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीलाई विभिन्न किसिमका स्वास्थ्य सेवाहरू आकर्षक छुटका साथ सहज तरिकाबाट प्रदान गर्ने जनाइएको छ । जसअनुसार स्वास्थ्य परीक्षणमा कर्मचारी तथा सेयरधनीलाई १५ प्रतिशत र बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध हुने बैंकले जनाएको छ । 

सुझावित समाचार