बंगलादेशका अलराउन्डर सकिब बने सांसद

मंगलबार, २४ पुष, २०८०
डिजिटल संस्करण

बंगलादेश क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर सकिब अल हसन सांसद बनेका छन् । बंगलादेशको संसदीय निर्वाचनमा उनले विपक्षीलाई डेढ लाख भोटले पराजित गरी सांसद बनेको अन्तर्राष्ट्रिय एजेन्सीले जनाएको छ । सकिबले प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगबाट मगुरा पश्चिम सहरमा चुनावमा सहभागी भएका थिए । 

सांसदमा निर्वाचन भएपछि सकिबको एक भिडियो भाइरल बनेको छ । चुनावी अभियानमा उनले एक समर्थकलाई चड्कन हानेका थिए । फरिदपुरमा ३ जनवरीमा चुनावी र्यालीमा सहभागी हुने क्रममा एक समर्थकले उनको सेल्फी लिन प्रयास गरेका थिए । तर, सकिब सेल्फी दिन मानेनन् । ती समर्थक जसरी पनि सेल्फी लिने प्रयासमा थिए ।

सन् २००३ को एकदिवसीय विश्वकपमा खराब प्रदर्शन भएपछि सकिबले चुनाव लड्ने घोषणा गरेका थिए । वर्तमान समयकै राम्रा अलराउन्ड मानिने सकिवले विश्वकपमा नेतृत्व गरेका थिए । बंगलादेश तालिकाको आठौँ स्थानमा परेको थियो । समूह चरणबाटै बाहिरिएको बंगलादेशका लागि सकिबले सात खेलमा एक सय ८६ रन जोडेका थिए । उनले सात विकेट लिए । विश्वकपमा उनले एक अर्धशतकीय इनिङ्स खेलेका थिए । 

सुझावित समाचार