सिख समुदायलाई आरक्षण र गुरुनानक जयन्तीमा सार्वजनिक बिदा दिन जनमतकाे माग

सोमबार, २३ पुष, २०८०
डिजिटल संस्करण

जनमत पार्टीले सिखहरूको पर्व गुरुनानक जयन्तीमा सरकारी बिदा दिन माग गरेको छ।

पार्टीको अल्पसंख्यक जनमत संघका संयोजक हरपालसिंह सोढ़ीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउँदै सो माग राखेका हुन्।

सिख समुदाय अल्पसंख्यक समुदाय भएकाले राज्यका विभिन्न तह तथा निकायहरूमा आरक्षणको व्यवस्था गर्नसमेत संघले माग गरेको छ।

सुझावित समाचार