राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्तारूढ गठबन्धनका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरूले एकसाथ उम्मेदवारी दर्ता गराएका हुन्।
तीनवटा सिटमा हुने निर्वाचनअन्तर्गत कर्णालीमा कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको भागमा एक–एक सिट परेको छ।
जसअन्तर्गत महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालीकोट) र अन्यतर्फ कांग्रेसका कृष्ण रोकाया (रुकुम पश्चिम)ले उम्मेदवारी गराएका छन्। उम्मेदवारी दर्ता कार्यक्रमका सम्बन्धित पार्टीका प्रदेश अध्यक्षलगायतका नेता–कार्यकर्ता पुगेका थिए।