नेप्से २६ अंकले घट्यो, कारोबार रकम पाँच अर्बभन्दा बढी

आइतबार, २२ पुष, २०८०
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २६.३६ अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १.२८ प्रतिशतले घटेर दुई हजार २२.९२ को विन्दुमा कायम भएको छ।

आज तीन सय चार कम्पनीको एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता सेयर ९८ हजार ६ सय ३२ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब २४ करोड १४ लाख आठ हजार तीन सय ७९ बराबरको कारोबार भएको छ।

जलविद्युत् समूहको उपसूचक १.३ प्रतिशतले बढ्दा अरू सबै समूहको उपसूचक घटेका छन्। सबैभन्दा धेरै जीवन बिमा समूह २.४० र व्यापार समूह २.१४ प्रतिशतले घटेका छन्। आजको कारोबारमा तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै गुमाउनेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.६९ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु. २८ करोड ५६ हजार चार सय चारबराबरको पाँच लाख ५७ हजार एक सय ५९ कित्ता सेयर किनबेच भएको छ। रासस

सुझावित समाचार