स्रोत नखुलेको पाँच लाखभन्दा बढी भारतीय रुपैयाँसहित एक पक्राउ

शनिबार, २१ पुष, २०८०
डिजिटल संस्करण

प्रहरीले सप्तरीबाट स्रोत नखुलेको पाँच लाखभन्दा बढी भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

शुक्रबार दिउँसो जिल्लाको राजगढ गाउँपालिका– २ झौरा चोकबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित भारत बिहार राज्यको मधुबनी जिल्लास्थित भरफोरी ग्राम पञ्चायत सुब्बा टोल– ३ का २५ वर्षीय संजयकुमार यादव पक्राउ परेका हुन्।

बिआर ५० बी १५४२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पक्राउ परेका यादवको साथबाट स्रोत नखुलेको ५ लाख २९ हजार ९७० भारतीय रुपैयाँ बरामद गरिएको सप्तरी प्रहरी प्रमुख बज्राचार्यले बताए।

यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार