एनआइसी एसिया बैंकद्वारा मोहन्याल माविमा पुस्तकालय भवन निर्माण

शुक्रबार, २० पुष, २०८०
डिजिटल संस्करण

एनआइसी एसिया बैंकले कैलालीको जोशीपुर गाउँपालिका– १ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय बडहरियामा पुस्तकालय भवन निर्माण गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशमा विभिन्न विद्यालयहरू छनाेट गरी पुस्तकालय भवन निर्माण गर्ने क्रममा बैंकले विद्यालय र गाउँपालिकसँगको सहकार्यमा उक्त पुस्तकालय भवन निर्माण सम्पन्न गरेको हो। 

नवनिर्मित पुस्तकालय भवनबाट विद्यालयमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ। उक्त पुस्तकालय भवन जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी, विद्यालयका प्रधानाध्यापक देवेन्द्रप्रसाद शाह, बैंकका प्रादेशिक प्रमुख सुवास जोशी तथा जोशीपुर शाखा प्रबन्धक उजिरसिंह भण्डारीलगायतको उपस्थितिमा उद्घाटन गरिएको छ।

सुझावित समाचार