भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणबारे औपचारिक घोषणा

बुधबार, १८ पुष, २०८०
डिजिटल संस्करण

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले भारतीय विदेशमन्त्री डा. एस जयशंकरको बिहीबार हुने भ्रमणको आज औपचारिक घोषणा गरेका छन्।

नेपाल र भारतबीच बिहीबार परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुने विदेशमन्त्री जयशंकर दिल्लीबाट आउँदै छन्। 

उनले संयुक्त आयोगको बैठकका साथै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी एनपी साउदसँग बिहीबार भेट गर्ने कार्यक्रम छ। उनी शुक्रबार नै दिल्ली फर्किनेछन्। 

सुझावित समाचार