नेपाल विद्यार्थी संघले विश्वविद्यालयका उपकुलपति र पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै ‘सडक बहस’ आयोजना गरेको छ।
मंगलबार बिहान साढे ९ बजे प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि बहस आयोजना गरेको हो।
विश्वविद्यालयमा भएको दलीयकरण र राजनीतिक हस्तक्षेपको अन्त्यको माग गर्दै निरन्तर अभियान गरिरहेको नेविसंघ केन्द्रीय सदस्य विजय ढुंगानाले बताए।
नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति तथा पदाधिकारीको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने माग राख्दै ‘प्रधानमन्त्रीलाई पत्र’ अभियानसमेत चलाएको छ।
