बुकी कपको उपाधि त्रिभुवन आर्मी क्लबलाई

मंगलबार, १७ पुष, २०८०
डिजिटल संस्करण

बागलुङको गलकोटमा सञ्चालित बुकी कप भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।

हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट प्रालिद्वारा आयोजित बुकी कप २०८० मा विभागीय टोली त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको हो।

त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो। आर्मीले पुलिसलाई पहिलो, चौथो र पाँचौँ सेटमा क्रमशः २७–२५, २७–२५ र १५–६ को अन्तरले पराजित गरेकाे थियो। विभागीय क्लब नेपाल पुलिस क्लबले दोस्रो र तेस्रो सेटमा २५–२२, २५–२१ कोे अन्तरले पराजित गरे पनि अन्य सेटमा जित निकाल्न नसक्दा उपविजेता बन्न पुगेको हो।

प्रतियोगितामा च्याम्पियन बन्दै आर्मीले नगद रु. पाँच लाख कप, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने उपविजेता बनेको नेपाल पुलिस क्लबले दुई लाख ५० हजार कप मेडल र प्रमाणपत्र प्राप्त प्राप्त गरेको छ। प्रतियोगितामा तृतीय भएको सशस्त्र प्रहरी बलले नगद रु. एक लाख २५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।

See More On

सुझावित समाचार