लुम्बिनी प्रदेशका विषयगत समिति सभापतिको निर्वाचन स्थगित भएको छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार १७ पुसका लागि तोकिएको निर्वाचन स्थगित गरिएको हो।
अर्को सूचना नआउँदासम्मका लागि निर्वाचन स्थगित गरिएको आइतबार जारी सूचनामा उल्लेख छ। प्रदेशका ६ वटा विषयगत समितिले अझै पनि पूर्णता पाउन सकेका छैनन्।
प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ, उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समितिले सभापति पाउन नसकेको हो।
समितिका सदस्यहरूको भने ३० असारको प्रदेश सभा बैठकले टुंगो लगाएको थियो। अर्थ, उद्योग, पर्यटन समिति सदस्यमा तुलसीप्रसाद चौधरी, भगवतीकुमारी थरूनी, खेमबहादुर सारू, वसन्ती न्यौपाने, सायरा बानो, जन्मजय तिमल्सिना, देवकरणप्रसाद कलवार, प्रचण्डविक्रम न्यौपाने, अनुराग खड्का, दिलकुमारी बुढा, कृष्णा केसी र हेमा बेल्वासे केसी छन्।
भौतिक पूर्वाधार तथा विकास समितिको सदस्यमा चेतनारायण आचार्य, डिल्लीराज भुसाल, मधुसूदनशरण चौधरी कुर्मी, इन्द्रकुमारी गहतराज, वीरबहादुर राना, बादशाह कुर्मी, माया पुन, सरोज थापा, कृष्णा कुस्मा थारू, सुरुल पुन, निर्मलादेवी चौधरी, आदेशकुमार अग्रवाल, गीता गुरुङ र खड्ग बस्नेत छन्।
प्रदेश मामिला तथा कानुन समिति सदस्यमा भोजप्रसाद श्रेष्ठ, दिनेश पन्थी, रत्नबहादुर खत्री, चिन्तामणि पाण्डे, यमुना रोका तामाङ, निमा गिरी, भुवनेश्वर चौधरी, जमुना ढकाल, सुधाकर पाण्डेय, इन्द्रजित चौधरी, राजकुमार चौधरी र आशिषकुमार चौधरी छन्।
सामाजिक विकास समिति सदस्यमा भूमिश्वर ढकाल, नवराज लामिछाने, रेखाकुमारी शर्मा, सरिता पुन, बसिउद्दिन खाँ, धनबहादुर केसी, सुशीला बादी, मीनाकुमारी बोहरा, लोकीकुमारी विक, यमबहादुर नेपाली सार्की, जानकीप्रसाद यादव र तारा थापा रहेका छन्।
कृषि, वन तथा वातावरण समिति सदस्यमा अर्जुनकुमार केसी, दुर्गाप्रसाद चौधरी, तुल्सीराम शर्मा, राजुप्रसाद श्रेष्ठ, शान्ति लोध, मालती सोडारी, विश्वप्रेम पाठक, देवीप्रसाद चौधरी, जोखबहादुर महरा, मीना बुढामगर, मीनाकुमारी श्रेष्ठ, अम्बिका काफ्ले, सुमन शर्मा रायमाझी र भगवती अधिकारी छन्। सार्वजनिक लेखा समितिमा विष्णुप्रसाद पन्थी, गिरीधारीलाल न्यौपाने, रामजीप्रसाद घिमिरे, सीता शर्मा, जानकी न्यौपाने, अब्दुल रज्जाक गद्दी, बैजनाथ कलवार, धनेन्द्र कार्की, धनलक्ष्मी श्रेष्ठ, दीपेन्द्रकुमार पुनमगर, नरमाया ढकाल, कन्हैया बानियाँ छन्।