नेपाल एसबिआई बैंकले ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश गरी कुल १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार भएको बैंकको ३०औँ वार्षिक साधारणसभाले ०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक आर्थिक विवरण पनि पारित गरेको छ ।
साधारणसभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड’को आव ०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गर्यो ।
सभाले आव ०८०/८१ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेसर्स पिकेएफ टिआर उपाध्याय एन्ड कं, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्रका विभिन्न दफामा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।