बालकुमारी घटनाको विरोधमा भोलि सुर्खेतमा सरकारी गाडी चल्न नदिने घोषणा

शनिबार, १४ पुष, २०८०
डिजिटल संस्करण

बालकुमारी घटनामा प्रहरी दमनबाट दुईजनाको मृत्यु भएको विरोधमा भोलि आइतबार सुर्खेतमा सरकारी सवारीसाधनमा अवरोध हुने भएको छ।

आन्दोलन संघर्ष समिति सुर्खेतले शनिबार एक विज्ञप्ति जारी गर्दै जिल्लामा आइतबार सवारीसाधन चल्न नदिने जनाएको हो। सरकारी सवारीसाधन पूर्ण रूपमा र अन्य सवारीसाधन एक घण्टाका लागि बन्द गर्ने आन्दोलन संर्घष समितिले जनाएको छ।

सुझावित समाचार