सिमेन्टमा भएको मूल्यवृद्धि खारेज गर्न माग

शनिबार, १४ पुष, २०८०
डिजिटल संस्करण

स्वतःस्फूर्त रूपमा हुनुपर्ने मूल्यवृद्धिलाई बेवास्ता गरी खुला बजार अर्थतन्त्रको सिद्धान्तविपरीत कार्टेलिङ गरी हालै बजारमा सिमेन्टको भाउ बढाइएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । अव्यावहारिक एवं अवैज्ञानिक ढंगले सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरी हालै प्रतिबोरा एक सय मूल्यवृद्धि गरिनु कानुनविपरीतको दण्डनीय अपराध भएको महासंघका महासचिव रोशन दाहालले बताए । 

महासंघले बुधबार विज्ञप्ति नै जारी गरेर यो कानुनविपरीत भएको जनाएको छ । ‘विगतमा पनि कार्टेलिङ गरी पटक–पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायलाई नै ठूलो आर्थिक बोझ थपिएको विदितै छ,’ महासंघको विज्ञप्तिमा लेखिएको छ । 

म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीको अर्बौँ भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेन्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आमउपभोक्तालाई राहत दिन महासंघले पुनः नेपाल सरकारका सम्बन्धित निकायसमक्ष जोडदार माग गरेको छ ।

See More On

सुझावित समाचार