उँधाैलीमा रमाउँदै किराँत समुदाय [फाेटाेफिचर]

मंगलबार, १० पुष, २०८०
डिजिटल संस्करण

किराँत समुदायले उँधाैली पर्व विभिन्न कार्यक्रम गरी मनाएका छन्। हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उँधाैली सुरु हुन्छ। 

आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाई खाएमा बौलाउने, रगत छदाउने, कुञ्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गलगाँड निस्कने, आँखा दुखाउने (अन्धोपन), कान दुखाउने (बहिरापन) जस्ता भयवह रोगव्याधिले सताउने विश्वास गरिन्छ। 

आफूले लगाएको बालीनाली पाकेपछि देवीदेवतालाई चढाएपछि खाने र रमाउने चाडको रूपमा लिइन्छ। यसै अवसरमा  काठमाडाैं उपत्यकामा बसाेवास गर्दै आएका किराँत समुदायले काठमाडाैंकाे गाेकर्णस्थित सहिदपार्कमा जम्मा भएर हर्षाेल्लासका साथ उँधाैली पर्व मनाएका छन्। 

तस्बिरहरू :

 
 

सुझावित समाचार