कांग्रेस सभापति शेरबहादुर देउवाले संकटको समयमा कांग्रेसको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताएका छन् । शनिबार कांग्रेस बागमती प्रदेश सम्मेलनमा उनले मुलुक संकटमा रहेको बताएका हुन् ।
उनले व्यवस्थामाथि चुनौती रहेको भन्दै कांग्रेसलाई सुदृढ गरेर लैजानुपर्ने आवश्यकता रहेको बताए । ‘राष्ट्र दोधारमा उभिएको छ । संकटमा उभिएको छ । अहिलेको वेला हामी सबैको भूमिका आवश्यक छ । खासगरी कांग्रेसको नेतृत्वदायी भूमिका आवश्यक छ । लोकतन्त्र सबैको समावेशितामा आधारित व्यवस्था हो । यो व्यवस्थामा कसैको पनि बहुमत आउने सम्भावना रहँदैन । तर, सबैको साथमा कांग्रेस ठूलो पार्टी बन्न सफल भएको छ । पार्टीलाई ग्रासरुटदेखि सुदृढीकरण गर्दै बलियो बनाएर लैजान आवश्यक छ,’ देउवाले भने ।