ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम ब्याजदरमा घरकर्जा दिने भएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी १२ करोड रुपैयाँसम्म कर्जा सीमा भएको विशेष घरकर्जा योजना सार्वजनिक गरेको हो ।
उक्त विशेष घरकर्जा योजनाअन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका व्यक्तिले पनि सहज रूपमा कर्जा सार्न सक्ने बैंकले जनाएको छ । योजनाअन्तर्गत सेवाग्राहीले पाँच वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, पाँचदेखि १० वर्षसम्मका लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढीको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा कर्जा पाउने जनाइएको छ ।
बैंकले ग्राहकलाई छिटो–छरितो एवं सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा आवश्यक कागजात पेस गरेको तीन कार्य दिनभित्र विनाझन्झट कर्जा प्रवाह गर्ने दाबी गरेको छ । हाल बैंकले देशका ७७ वटै जिल्लामा तीन सय ५५ शाखाबाट यो सुविधा प्रदान गरिरहेको जनाएको छ ।