राप्रपा नेपालबाट मन्त्री किराँतीको पुत्ला दहन

बिहिबार, ५ पुष, २०८०
डिजिटल संस्करण

राप्रपा नेपालआबद्ध जनवर्गीय संगठनहरूले आज साँझ काठमाडौँमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन्। 

९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरूको आस्था र विश्वासमाथि मन्त्री किराँतीले प्रहार र अपमान गरेको भन्दै उनीहरूले पुत्ला दहन गरेका हुन्। 

मन्त्री किराँतीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले मन्त्री किराँतीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। राजीनामा नदिएमा प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्नुपर्ने उनीहरूको भनाइ छ। 

संस्कृतिमन्त्री किराँतीले क्रिस्चियन धर्म नमान्नेहरू ‘देशद्रोही र संविधानविरोधी भएको त्यस्तालाई जेलमा कोच्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए। ’पार्टीका जनवर्गीय संगठनहरूले आज सांकेतिक रूपमा विरोध प्रदर्शन गरेका छन्। 

मन्त्री किराँतीले तत्काल राजीनामा नदिए यो विषय डरलाग्दो र विकराल हुन सक्ने चेतावनी दिँदै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राजीनामा नदिए आन्दोलनले चर्को रूप लिने बताए। काठमाडौंको चाबहिलमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरूले मन्त्री किराँतीको विरोधमा चर्का नाराबाजी गरेका थिए।

सुझावित समाचार