नेतान्याहुद्वारा गाजामा युद्धविराम अस्वीकार

बिहिबार, ५ पुष, २०८०
डिजिटल संस्करण

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने स्पष्ट पारेका छन् । 

बुधबार एक विज्ञप्ति जारी गर्दै  उनले भनेका छन्, ‘निर्धारित सबै उद्देश्य हासिल नभएसम्म हामी युद्ध जारी राख्नेछौँ, हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो ।’

गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्नका लागि इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेलसँग कुराकानी गर्न हमास प्रमुख इस्माइल हानियेह बुधबार कायरो जानुभएपछि नेतान्याहुको यस्तो टिप्पणी आएको हो । 

सदस्य राष्ट्रहरूबीच शब्दहरूलाई लिएर भएको खिचातानीले पछिल्ला दुई मतदानमा ढिलाइ भएकाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा पनि युद्ध रोक्ने प्रस्तावमाथि मतदानको तयारी गरिएको कूटनीतिक सूत्रहरूले एएफपीलाई बताएका छन् । 

यद्यपि, प्रधानमन्त्री नेतान्याहुले इजराइली सेनाले गाजामा ‘प्रत्येक स्थान’ मा हमासमाथि आक्रमण गरिरहेको बताए । ‘कसैले हामी रोकिनेछौँ भनेर सोचेको छ भने ऊ वास्तविकतासँग जोडिएको छैन, हामीले हमासमाथि आगो वर्षाएका छौँ, हामीले उसका निकट र टाढाका साथीहरूमाथि पनि हमला गरिरहेका छौँ ।’  (एएफपी)

सुझावित समाचार