प्रधानसेनापति शर्मा राज्य व्यवस्था समितिको बैठकमा, फास्ट ट्र्याकबारे जवाफ दिने

बुधबार, ४ पुष, २०८०
डिजिटल संस्करण

प्रधानसेनापति प्रभुराम शर्मा राज्य व्यवस्था समितिको बैठकमा उपस्थित भएका छन्। समितिको बैठकमा प्रधानसेनापति शर्माले काठमाडौं–निजगढ फास्ट ट्र्याकबारे जवाफ दिनेछन्। 

राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ। प्राविधिक मूल्यांकनमा फेल भएको कालिका कन्स्ट्रक्सनलाई पुनः मूल्यांकन गरी परियोजनामा सामेल गराएको भन्दै आलोचना भएपछि समितिले प्रधानसेनापतिलाई बैठकमा बोलाएको हो। 

तस्बिर : अमुल थापा/नयाँ पत्रिका 
 

सुझावित समाचार