अस्ट्रेलियन खेलाडी प्याट कुमिन्समाथि सुरुमा तीन टोलीले बोली लगाएका थिए । अन्तिम सेसनमा सन्राइज हैदराबादले उनलाई २०.५० करोड भारुमा खरिद गरेको हो । कुमिन्सको औसत मूल्य दुई करोड भारु थियो । सबैभन्दा पहिला चेन्नई सुपर किंग्सले उनलाई किन्न चासो देखाएको थियो । त्यसपछि मुम्बई इन्डियनले उनीमाथि बोली लगायो ।
चेन्नईले कुमिन्स भित्र्याउन चार करोड ८० लाख भारु रकम राखेको थियो । कुमिन्स भित्र्याउन रोयल च्यालेन्जर्स बैंग्लोर अग्रसर भयो । बैंग्लोरले पाँच करोड भारु बोली राख्यो । होडबाजी चलिरहँदा सन्राइजर्स हैदराबादले आठ करोड ४० लाख भारु बोली लगायो । अन्तिम प्रतिस्पर्धा बैंग्लोर र हैदराबादबीच भयो ।
अन्तिममा हैदराबादले एकैपटक २०.५० करोड भारु राख्दा बैंग्लोर पछि हट्यो । गत संस्करणमा इंग्ल्यान्डका साम कुरान सर्वाधिक मूल्य १८ करोड ५० लाख भारुमा बिक्री भएका थिए ।