भैँसेपाटीकाे मन्त्रीक्वार्टरपरिसरमा आगलागी

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण

ललितपुरको भैँसेपाटीस्थित मन्त्रीक्वार्टरमा रहेकाे एक टहरामा आगलागी भएको छ। क्वार्टरभित्र रहेको सामान राख्ने एक टहरामा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

बिहान साढे ११ बजेतिर लागेको आगो करिब २० मिनेटमा स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको प्रहरी वृत्त भैँसेपाटीले जनाएको छ।

आगलागीबाट करिब सयवटा रङका डिब्बा जलेको बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

सुझावित समाचार