बिवाइडीको पछिल्लो मोडल डल्फिनले युरोपकै प्रतिष्ठित अवार्ड ‘बेस्ट बाई कार अफ युरोप–२०२४’ अवार्ड जितेको छ । यो अवार्ड युरोपभर बिक्री हुने कारहरूमध्ये उत्कृष्टलाई ‘अटोबेस्ट’ले प्रदान गर्दै आएको बताइएको छ ।
सो प्रतिस्पर्धामा हुन्डाई कोना र दोस्रो र तेस्रोमा जिपको एभेन्जर परेको थिए । अस्ट्रियाको टिसडार्फ सहरस्थित सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिएको थियो । त्यसका लागि युरोपभरका ३१ देशबाट आएका अटोबेस्ट पत्रकारले मतदान गरेर डल्फिनलाई अवार्ड दिएको बताइएको छ ।
उनीहरूले डल्फिनलाई फिचर लोडेड क्याबिन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरीय प्रविधिको प्रयोग भएको पर्फेक्ट कारको संज्ञा दिएका थिए । त्यसमा सुरक्षित र सफल ब्लेड ब्याट्रीको प्रयोगले नयाँ मानक स्थापित गरेको मानिएको छ । त्यही कारण डल्फिनले २०.०५७ अंकसहित पहिलो स्थान सुरक्षित गर्न सफल भएको बताइएको छ ।
अटोबेस्टका जुरीले पहिलोपटक कुनै पनि बिवाइडीको मोडललाई ‘बेस्ट बाई कार अफ युरोप’ अवार्ड दिइएको हो । अवाड दिँदै अटोबेस्टका अध्यक्ष भान भार्डीले बिवाइडी डल्फिनले बजारमा आएदेखि नै उत्कृष्ट पर्फमेन्स दिएको बताए । नेपालमा पनि ३९ लाख ८० हजारमा डल्फिन खरिद गर्न पाइने पनि बताइएको छ ।