शुक्रबार र सोमबार गरी भारतीय संसद्का ९२ सांसद निलम्बित

सोमबार, २ पुष, २०८०
डिजिटल संस्करण
शुक्रबार र सोमबार गरी भारतीय संसद्का ९२ सांसद निलम्बित

photo : thehindu.com

भारतीय लोकसभा र राज्यसभाबाट विभिन्न दलका ७८ सांसद निलम्बित भएका छन् ।  लोकसभाका कांग्रेस नेता तथा सांसद अरधीररञ्चन चौधरीसहित ३३ र राज्यसभाका कांग्रेस नेता सांसद जयराम रमेशसहित ४५ सांसद निलम्बित भएका छन् । 

यो निलम्बत जारी अधिवेशनको अन्तिमसम्म लागू हुनेछ । सांसदहरूलाई ‘पटक–पटक संसद्को कारबाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि निलम्बित गरिएको हो । 

यसअघि गत शुक्रबार लोकसभाका १३ र राज्यसभाका एक सांसदलाई निलम्बन गरिएको थियो । यससँगै कुल ९२ सांसद निलम्बित भएका छन् । यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ । 

गत डिसेम्बर १३ मा दुई युवाले भिजिटर्स ग्यालरीबाट लोकसभा प्रवेश गरी संघीय सरकारविरुद्ध नाराबाजी गर्दै रंगिन धुवाँ फ्याँकेपछि संसदभित्र सुरक्षा उल्लंघनको विषय उठाउँदै विपक्षी सांसदले पटक–पटक आवाज उठाएका थिए । 

सुझावित समाचार