मेलम्चीको पानी माग्दै सडकमा काठमाडौंवासी

सोमबार, २ पुष, २०८०
डिजिटल संस्करण

मेलम्ची खानेपानी आयोजनामाथिको चलखेल बन्द गर्न माग गर्दै काठमाडौंमा नागरिकले प्रदर्शन गरेका छन्। काठमाडौं उपत्यका संघर्ष समितिले कोटेश्वर–तीनकुने क्षेत्रमा रित्ता भाँडा प्रदर्शन गर्दैै विरोध र्‍याली निकालेको हो।

अघिल्लो वर्षको २३ मंसिरमा उपत्यकावासीको धारामा मेलम्चीको पानी झरे पनि यस वर्ष पानी कहिले आउँछ कुनै टुंगो छैन। मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध (हेडवर्क्स)सम्म पुग्ने बाटो हालसम्म निर्माण नभएका कारण मेलम्चीको पानी काठमाडौं झर्ने मिति धकेलिएको छ।

मेलम्चीमाथि बारम्बार राजनीतिक चलखेल भएकाे भन्दै काठमाडाैंवासीले चलखेल बन्द गरी तुरुन्त पानी सञ्चालन गर्न माग गर्दै विराेध र्‍याली निकालेका हुन्।

हेर्नुहाेस् तस्बिरहरू :

सुझावित समाचार