अर्जुना राईको ‘रिसाउलान् सुन्दा कुरा’ सार्वजनिक

शनिबार, ३० मंसिर, २०८०
डिजिटल संस्करण

गायिका अर्जुना राईको आधुनिक गीत ‘रिसाउलान् सुन्दा कुरा’ सार्वजनिक भएको छ।

आफैँलाई संसारको सबैभन्दा खुसी भएको आशय रहेको गीत म्युजिक जंकसन नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा वीरेन्द्र राईको शब्द र विक्रम राईको संगीत रहेको छ। विषम् आचार्यले एरेन्ज गरेको यस गीत हाम्रो स्टुडियोमा रेकर्डिङ गरिएको हो।

गीतको भिडियो श्याम तामाङले खिचेका हुन् भने गायिका अर्जुना स्वयं फिचरिङ भएकी छिन्।

भिडियाे हेर्नुहाेस् :

सुझावित समाचार