पाँच प्रदेशमा बिवाइडीको ११ डिसी चार्जर जडान

शुक्रबार, २९ मंसिर, २०८०
डिजिटल संस्करण

 बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले देशका मुख्य–मुख्य स्थानमा ११ डिसी फास्ट चार्जर जडान गरेको छ । कम्पनीले पोखरा, नेपालगन्ज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मूलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा फास्ट चार्जर जडान गरेको हो ।  

यी चार्जरहरूमध्ये १० वटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने तथा मूलकोटमा जडित चार्जर भने ६० किलोवाटको रहेको जनाइएको छ । पहिले नै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको कम्पनीको भनाइ छ । चर्जिङ पूर्वाधारको सर्वसुलभ र व्यापक स्थापना गरी सवारीसाधनमा दिगो समाधान खोज्ने कम्पनीको प्रतिबद्धताअनुरूप भएको जनाइएको छ ।  

साथै, सन् २०२३ को अन्त्यसम्ममा थप १८ डिसी फास्ट चार्जरहरू पनि सञ्चालनमा ल्याइने कम्पनीको भनाइ छ । बिवाइडी एट्टो थ्रीका लागि ८८ किलोवाटसम्मको डिसी फास्ट चार्जिङको प्रयोग गर्न सकिने तथा बिवाइडी डल्फिनमा ६० किलोवाटसम्मको चार्ज दिन सकिने कम्पनीले जनाएको छ । यसले ३० देखि  ४५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने उल्लेख छ ।

See More On

सुझावित समाचार